काठमाडाैं– नेपालमा आईतबार थप २ सय ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप २ सय ९३ जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
यस्तै पछिलाे २४ घण्टामा १ सय ३२ जना काेराेना मुक्त भएर घर फर्केका छन्। याे सँगै हालसम्म नेपालमा काेराेना मुक्त हुनेकाे कुल संख्या ६ हजार ५ सय ४७ पुगेकाे छ।
मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ। नेपालमा हालसम्म ३१ हजार ५ सय ७३ जना क्वारेनटाइनमा रहेका छन् भने ९ हजार २ सय ३ जना अाइशुलेसनामा रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या ३४ पुगेको छ ।