काठमाडौं — काठमाडौं उपत्यकामा थप ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका हुन् ।
मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका २१ , भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हाे । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ५ जना संक्रमित भेटिएका छन् भने वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हाे।
पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार७ सय ८४ पुगेको छ।