काठमाडौं - स्वास्थ्य मन्त्रालयले काठमाडौँको ढलको पानीमा कोरोनाको जीवाणु देखिएपनि समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने जनाएको छ ।
मन्त्रालयले ढलमा काम गर्नेहरुले स्वास्थ्य सुरक्षा अपनाएर काम गर्नुपर्ने बताएकाे छ । साथै ढलको पानीबाट कोरोना नसर्ने भन्दै यसबाट नआत्तिन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अहिले आएको अध्ययनलाई पुरक अध्ययन मान्न सकिने भन्दै यसको आधिकारिकताको बारेमा सरकारले स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा थप अध्ययन गर्ने बताए ।