गैरकानुनी रुपमा विदेशी नागरिकलाई नेपाली नेपाली नागरिकता र राहदानी बनाईदिएको अभियोगमा प्रहरीले एकजना अधिकृतलाई पक्राउ गरेको छ। झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाईदिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट पक्राउ गरिएको हो।
जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको हो। महानगरिय अपराध महाशाखाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। तत्कालिन अधिकृत आर्चाले २०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाई दिएको प्रहरीले बताएको छ।
उनलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला अदालत झापामा बुझाइएको छ।