काठमाडाैं– नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।
विदेशबाट नेपालीको उद्धार गरि स्वदेश फर्काउने कार्यमा संलग्न भएका तीन जना पाइलट र ११ जना क्याविन क्रुमा कोरोना भाइरस संक्रमण् पुष्टि भएको नेपाल वायुसेवा निगम स्रोतले जनाएको छ।
स्रोतको अनुसार नेपाल वायुसेवा निगमका कोरोना संक्रमितहरु हाल होटल क्वारेन्टिनमा रहेका छन्।