काठमाडाैं - नेपालमा साेभबार थप १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप १ सय ८० जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
हालसम्म प्रदेश १ मा ७ सय १०, प्रदेश २ मा चार हजार १ सय ८४, बागमती प्रदेशमा ६ सय ३९, गण्डकी प्रदेशमा एक हजार १ सय ७५, प्रदेश ५ मा तीन हजार ९ सय ८४, कर्णाली प्रदेशमा एक हजार ५ सय ८१ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६ सय ९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
यस्तै पछिलाे २४ घण्टामा २ सय ६४ जना काेराेना मुक्त भएर घर फर्केका छन्। याे सँगै हालसम्म नेपालमा काेराेना मुक्त हुनेकाे कुल संख्या ६ हजार ८ सय ११ पुगेकाे छ।
मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ। नेपालमा हालसम्म २९ हजार २ सय १५ जना क्वारेनटाइनमा रहेका छन् भने ९ हजार १ सय १८ जना आईशुलेसनामा रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या ३५ पुगेको छ ।