काठमाडाैं– साेमबार नेपालमा काेराेना संक्रमणकाे कारण थप एक जनाकाे मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३५ पुगेकाे जानकारी दिए।
उनका अनुसार गत शनिबार बाग्लुङकाे क्वारेन्टिनमा मृत्यु भएका २९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।निसीखोला गाउँपालिका–३ का उनको ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमै मृत्यु भएको थियो। उनी केही समय अघि भारतबाट आएर साे क्वारेन्टिनमा बसेका थिए।