काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ। राजदूत यान्छी मंगलबार बिहान नेता खनाललाई भेट्न डल्लुस्थित खनालको निवासमा पुगेकी हुन्।
स्रोतका अनुसार उनीहरूबीच ४५ मिनेटसम्म दुई देशको आपसी हितका बारे कुराकानी भएको छ।
नेकपाभित्र विवाद चलिरहेको बेला राजदूत यान्छी नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएकी छिन्। यसअघि उनले बरिष्ठ नेता माधवकुमार नेपालसँगपनि भेट गरेकी थिइन्।