काठमाडाैं - आज मन्त्रिपरिषद बैठक बस्दै छ । अपरान्ह ४ बजे प्रधानमन्त्रि सरकारि निवास बालुवाटारमा बस्ने बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।
नयाँ महानिरीक्षककोे दौडमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । उनीहरु मध्ये एकजनालाई मन्त्रीपरिषदले नेपाल प्रहरीको नयाँ प्रमुख तोक्ने छ । नेकपाको विवादका कारण महानिरीक्षक कसलाई बनाउने भन्ने विवाद छ।