काठमाडौं– प्रधानमन्त्री एवम् सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको भेटवार्ता सकिएको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको तीन घण्टाको छलफलमा केही निश्कर्ष नभएकाे नेताहरुको भनाई छ। तर छलफल भने सकरात्मक रहेको उनीहरु बताउँछन्।
नेकपा अध्यक्षद्धय भोली (बुधबार) पुनः छलफलमा जुट्ने भएका छन् र स्थायी कमिटी बैठक पनि हुने भएको छ। नेकपाभित्र चलिरहेको विवाद समाधानका लागि सोमबार बस्ने भनेकाे स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको थियाे ।