काठमाडौं– नेपालकका चारवटा जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले चार जिल्लाका सबै कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएकाे बताए।
उनका अनुसार हाल तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा कोरोना संक्रमित छैनन्।