काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि कोरोना भाइरस (कोभिड–१९) सर्न सक्ने दावी गरेको छ।
डब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको बताउँदै यसको अध्ययन जारी रहेको बताइन्।
भीडभाडमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने कुरालाई डब्ल्युएचओले स्वीकार गरेको छ।
यसअघि ३२ देशका २ सय ३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्छ र यसको प्रमाण पेश गर्न सक्ने भन्दै डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताएका थिए। तर डब्ल्युएचओले भने यो कुरालाई अस्वीकार गर्दै आएको थियो।