आज धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मती प्रदेश प्रदेश २ र प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्नेछ । यसैकारण विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
असार २४
असार २४ गते दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
त्यस्तै, राति प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
असार २५
असार २५ गते दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
असार २६
असार २६ गते दिउँसो देशका अधिकांश भूभागमा पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति देशका अधिकांश भूभागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।