काठमाडौं - आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रहेकाे जनाएकाे छ ।
बुधबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेकाे हो।
यसअघि यही असार १७ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। लबिहीबार चाँदी तोलाको ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।