ललितपुर - ललितपुरका तीन वडा सिल गरिएकाे छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले ७, ८ र ९ वडा सिल गरेको हो ।
तीन वडा सिल गरेसँगै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जनाइएको छ। साथै नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेको छ।
त्यस्तै ८ खाधान्नको पसलहरु भने बिहान ७ देखि ९ बजे सञ्चालन अनुमति दिइएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए नगरपालिकाको नियम उलंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम सम्बन्धित निकायबाट कारबाही गरिनेछ ।