काठमाडाैं– नेपालकका पाँचवटा जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले पाँच जिल्लाका सबै कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएकाे बताए।
उनका अनुसार हाल धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा कोरोना संक्रमित छैनन्।