काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडाैंमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भेटिएकाे बताए ।
यसअघि बुधबार काठमाडौं उपत्यकामा १६ जनामा कोरोना संक्रमण देखिएको थियो।