काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक ७ दिनका लागि स्थगित भएको प्रधानमन्त्रि प्रेस सल्लाहकार सुर्य थापाले जानकारि दिए । देशमा भइरहेको भारी वर्षा र बाढी पहिरोको कारण बैठक स्थगित भएकाे हाे ।
नेकपाको जारी स्थायी कमिटी बैठक अब साउन २ गते शुक्रबार बस्ने भएको छ । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ भने पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दबाब दिँदै आएका छन् ।
१० असारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।