काठमाडौं - ठगी गरेको आरोपमा ज्योतिष अर्जुन क्षेत्री सहित ३ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको टोलीले उनिहरूलाइ पक्राउ गरेको हो।
विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै क्षेत्रीले चार करोड रुपयाँ माग गरेकाे बताइएकाे छ । क्षेत्री यसअघि ठूलो भूकम्प आउने अफवाह फैलाएको आरोपमा पनि पक्राउ परेका थिए ।