काठमाडाैं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न नसकिने बताएको छ। डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रायनले शुक्रबार यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताएका हुन् ।
जेनेभामा भएको अनलाइन सम्मेलनमा उहाँले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्ण रुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ बढी फैलिएको छ, त्यहाँ फैलनबाट रोक्न सक्नुपर्ने र दोस्रो लहर आउन दिन नहुने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार विश्वभर अहिलेसम्मकै धेरै दुई लाख २८ हजार १०२ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड २४ लाख ६५ हजार भन्दा धेरै पुगेको छ । त्यसमध्ये पाँच लाख ५९ हजार भन्दा बढीको ज्यान गएको जनाएकाे छ ।