काठमाडाैं - भारतमा कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । यसैबीच भारतमा पछिल्लो २४ घण्टामा २७ हजार १ सय १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो एकै दिन संक्रमित भएको अहिलेसम्मको धेरै संख्या हो । यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ९ सय १६ पुगेको छ ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ सय १९ जनाको मृत्यु भएको छ । याे सँगै हालसम्म भारतमा मृत्यु हुनेको संख्या २२ हजार १ सय २३ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।