काठमाडाैं - नेपालमा एकै दिन ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कुल मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन्
काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, काठमाडौँ महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकको पाँचपोखरीका ४५ वर्षीय पुरूषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गाैतमले जानकारी दिए ।