काठमाडौं– ब्राजिलमा एकै दिन कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बाट ९ सय ६८ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७१ हजार ४९२ पुगेको छ।
त्यस्तै पछिलो २४ घण्टामा त्यहाँ थप ३६ हजार ४ सय ७४ जना नयाँ कोरोना संक्रमित भेटिएको छ।याेसँगै त्यहँँ संक्रमितको संख्या १८ लाख ४० हजार ८ सय १२ पुगेको छ। १२ लाख १३ हजार ५ सय १२ जना भने कोरोनामुक्त भइसकेका छन्।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित धेरै भएको राष्ट्रमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ।