दाङ – दाङकाे देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको छ। राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको हाे । पुन सलह देखेपछि किसानहरु त्रसित भएका छन् ।
राप्ती गाउँपालिका वडा नं. २ लालमटीया निवासी चन्द्रबहादुर कुमालका अनुसार सलह धपाउन स्थानियहरूले थाल ठटाउने र धुवा पार्ने काम गरेका छन् । उनका अनुसार पहिलाकाे भन्दा अहिलेको सलह किराको झुण्ड ठूलो रहेकाे छ ।
यसअघि आएको सलह किराले दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पुर्याएको थियो।