विश्वभर बितण्डा मच्चाएको कोराना भाइरसले बलिउडमा हाइ प्रोफाइल मानिने बच्चन फ्यामिलीलाई पनि सताएको छ । भारतमा बढ्दोक्रममा फैलिएको कोरोना भाइरस बच्चन फ्यामिलीसम्म पनि पुगेपछि यतिबेला बलिउड इन्ड्रस्ट्री आतंकित बनेको हो ।
अमिताभ बच्चनबाट देखा पर्ने सुरु भएको कोरोना उनका छोरा अभिषेक, एश्वेर्य हुँदै उनकी नातिनी आरध्यासम्म पुगेको छ ।
गत शनिबार अमिताभ र अभिषेकलाई कोरोना देखिएपछि आइतबार एश्वेय र आरध्याको पनि परिक्षण गर्दा उनीहरुमा पनि कोराना पुष्टि भएको हो । कोराना भाइरस देखिएपछि अमिताभ र अभिषेकलाई मुम्बईको ननभति हस्पिटलमा आइसोलेशनमा राखिएका छ भने एश्वेय र आरध्यालाई उनीहरुकै घरमा सेल्फ आइसोलेशनमा राखिएको छ ।
७७ वर्षियमा आफुमा कोरोना भएको पुष्टि भएपछि अमिताभले १० दिनसम्म आफ्नो नजिक आएका सबैलाई कोरानो भाइरसको परिक्षण गर्न आग्रह गर्दै टुईट गरेका थिए ।
बच्चन फुयामिली नै कोरानाको शिकार भएपछि यतिबेला सामाजिक प्रयोगकर्ताले उनीहरुको स्वास्थ्य अवस्थाको कामना गर्दै स्ट्याटस लेखेका छन् । भारतका स्वास्थ्य मन्त्री हर्ष वरदान, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न बलिउड तथा कलिउडका उनका शुभचिन्तकहरुले उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।
हाल भारतमा कोरानाबाट संक्रमित हुनेको संख्या ८ लाख ७९ हजार ४ सय ४७ पुगेको छ । कोरानाबाट २३ हजार १ सय ९४ जनाले जीवन गुमाएका छन् भने ५ लाख ५४ हजार ४ सय ४९ सन्चो भएका छन् ।