काठमाडाैं - नेपालमा साेमबार थप १ सय ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप १ सय ४४ जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
यस्तै पछिलाे २४ घण्टामा १ हजार ७ सय ५ जना काेराेना मुक्त भएर घर फर्केका छन् । याे सँगै हालसम्म नेपालमा काेराेना मुक्त हुनेकाे कुल संख्या १० हजार २ सय ९४ पुगेकाे छ। अहिलेसम्म संक्रमितमध्ये ६०.७ प्रतिशत निको भइसकेका छन् भने ३८ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ। नेपालमा हालसम्म २३ हजार ४ सय ७० जना क्वारेनटाइनमा रहेका छन् भने ६ हजार ६ सय १३ जना आइसोलेसनामा रहेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा २५ वटा प्रयाेगशालाबाट ५ हजार ८ सय ५६ जनाकाे पीसीअार बाट नमुना परिक्षण भएकाे मन्त्रालयकाे तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार भोजपुर, , मनाङ, धनकुटा, मुस्ताङ र हुम्लामा एक जना पनि सङ्क्रमित छैनन् । यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।यस्तै ५ सय भन्दा बिढि संक्रमित रहेकाे जिल्लाहरूमा भने महाेतरी , कैलाली, बाजुरा, राैतहट, रहेकाे छ ।
यस्तै रेड जाेनमा पर्नेकाे सँख्या ५ सय २५ रहेकाे छ ।