भारत, बंगलादेश माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानभन्दा नेपालमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको दर कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै, नेपाल पिसिआर परीक्षण गर्ने मुलुकहरु अफगानिस्तान, बंगलादेश, श्रीलंका, भारत र पाकिस्तानभन्दा अगाडि रहेको छ ।
नेपालमा चौबिस घण्टामा २५ वटा प्रयोगशालाबाट ५ हजार ८५६ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको छ । नेपालमा २३ हजार ४ सय ७० जना क्वारेन्टिन र आइसोलेसनमा ६ हजार ६ सय १३ छन् । नेपालमा चौबिस घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज डिस्चार्ज भएका छन् । हालसम्म १० हजार २ सय ९४ जना डिस्चार्ज भइसकेका छन् ।
नेपालमा सोमबार थप १ सय ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले देशका विभिन्न प्रयोगशालामा गरेको परीक्षणमा थप १ सय ४४ जना संक्रमित थपिएको बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।