डब्लयूएचओका महानिर्देशक डा.टेड्रोस एडहानोम गेहब्रेयससले कोरोना भाइरस अब झन् खराब अवस्थामा जानसक्ने बताएका छन् ।
सोमवार जिनिभामा गेहब्रेयससले अझै पनि धेरै देशहरुले यसलाई राम्रोसँग बुझेर बदम नचाले संकट निम्त्याउन सक्ने बताए । अहिले यो रोग नै मानिसको ठ्लो शत्रु भएको तर मानिसहरुले सर्तकता नपनाएको कारण ठाँउठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए ।
उक्त सभामा बोल्दै डब्ल्यूएचओको निर्देशक डा.माइक रायनले अमेरिकी देशहरूमा खुकुलो पारिएको लकडाउनका कारण नै केही ठाउँमा व्यापक सङ्क्रमण फैलाएको दाबी गरेका थिए । डा. रायनले अहिलेको अवस्थामा कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी, हात धुने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग जस्ता गतिविधिलाई नै ध्यान दिनुपर्ने भन्दै सचेत गराएका थिए ।
कोरानालाई राम्रोसंग नबुझेका कारण अन्य देशहरु भन्दा बढि उत्तर र दक्षिण अमेरिकी देशहरु नै कोरोनाको शिकार भएको उनको जिकिर थियो । लयाटिन अमेरिकामा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढीले कोरोनाभाइरसबाट ज्यान ग्माइसकेका छन् । अमेरिकामा अहिलेसम्म १ लाख ३७ हजार २ सय ४७ ले र ब्राजिलमा ७२ हजार ९ सय २१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै मेक्सिकोमा ३५ हजार ४ सय ९१ र चिलीमा ७ हजार २४ को मृत्यु भएको छ ।