काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्नु देशका लागि खतरनाक हुने बताएका छन् ।
सोमबार भानुजयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीता भारतका होइन, नेपालकै रामलाई दिएको भनेर दिएको अभिव्यक्तिप्रति डा. भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आलोचना गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘अति गरे खति हुन्छ भन्छन्, प्रम केपी शर्मा ओलीका वचनकर्मले सीमा नाघ्दै छन् । सिंहमेव जयते र बेसार पुराणदेखि अयोध्यासम्म आउँदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न ।’
भट्टराईले लेखेका छन्, ‘संसद् स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’समेत उहाँको हातमा छ । अब उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं ।’