मालिक मेरो बस्तीले दशैं यसरी मनाउनु पर्छ
पेट खाली छ, निधारमा चामल लगाउनु पर्छ
सालिकहरु पनि भोकै उभिएका छन् चोकमा,
हाम्रो पनि भोक छ, भोक खाएरै अघाउनु पर्छ
जिन्दगी खोज्न जिन्दगी छोडेर मुग्लान आएँ,
राधा यहाँ मृत्यु सिरानी हालेर निदाउनु पर्छ
आमा राखेको आश्रम आफ्नो छोरालाई देखाउनुस्,
उसले पनि त तपाईलाई त्यहि पठाउनु पर्छ
हाँस्न जानेकै छौ जबरजस्ती रुन पनि सिक,
म मरेको दिन दुनियाँलाई देखाउनु पर्छ ।।