काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चलिरहेको विवादको सामाधानको लागि बसेको पार्टीका अध्यक्षद्वयबीचको बैठक सकिएको छ
प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा करिब सवा घन्टा भएको छलफल पार्टीभित्रको विवाद समाधान गरेर सहमति जुटाउनेतर्फ केन्द्रित रहेको जनाइएको छ।
गत बिहीबार छलफलमा जुट्ने गरी गत बुधबार छुटिएका उनीहरुबीच आज ६ दिनपछि राम्रो कुराकानी भएको के के विषयवस्तुमा छलफल भएको भन्ने जानकारी नभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
त्यस्तै, शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक २ साउनसम्म स्थगित भएको थियो।