मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार परिक्षणका लागि छोडिएको पानीमा हेलम्बु गाउँपालिका–१ स्थित सुरुङमा उनीहरु बेपत्ता भएका हुन् ।
निर्माण कार्य अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको बेला समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।
उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ ।