एजेन्सी– रसियन वैज्ञानिकले अगस्ट महिनाभित्रै पहिलो पटक कोरोना भाइरसको खोप सार्वजनिक गर्ने दाबी गरेका छन् । ग्यामेली नेशनल रिसर्च सेन्टर फर इपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजी अलेक्ज्याण्डर गिन्टसबर्गले खोपको ‘सिभिल सर्कुलेसन’ अगस्ट १२ देखि अगस्ट १५ सम्म गरिने जनाए ।
रसियामा कोरोना भाइरसको खोपको ह्युमन ट्रायल सकिएको र खोप सुरक्षित रहेको विभिन्न सञ्चारमनध्यमले जनाएका छन् । भारतस्थित रसियन दूतावासले समेत ट्वीट गर्देै सेचेनोभ यूनिभर्सिटीले खोपको सफलतापूर्वक मानव परीक्षण गरेको जनाएको छ । त्यस्तै खोप सुरक्षित रहेको र खोप परीक्षण गरीएका स्वयमसेवकहरु जुलाई १५ र २० मा डिस्चार्ज हुने दूतावासले उल्लेख गरेकाे छ।