काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद सामाधानका लागि पार्टीका अध्यक्षद्वय आज पनि छलफलमा जुटेका छन्।
प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा ११ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।
गत बिहीबार छलफलमा जुट्ने गरी गत बुधबार छुटिएका उनीहरुबीच ६ दिनपछि मंगलबार छलफल भएको थियो। हिजो भएको सवा घण्टाको छलफल पनि निष्कर्षविहिन भएपछि आज उनीहरु छलफलमा जुटेका हुन् ।