कालिकोट– बलात्कारको आरोपमा कालिकोटका एक वडा अध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाही आफ्नै गाउँकी बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । पक्राउ परेका वडा अध्यक्षलाई करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीलेले जनाएकाे छ ।