काठमाडौं– सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत उनलाई एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै मौखिक उजुरी दिएकी थिइन्।
सोही उजुरीको आधारमा घटनाको अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए।