एजेन्सी - बुधबार राति सम्पन्न प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बोर्नेमाउथलाई २–१ गोलले पराजित गरेको छ ।
रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको बोर्नेमाउथ सिटीको घरेलु मैदानमा पराजित भएको हो ।
सिटीका लागि डेबिड सिल्भाले खेलको ८ औ मिनेटमा अग्रता दिलाएका थिए भने ग्राबियल जेससले ३९ औँ मिनेटमा गरेको गोल नै सिटीलाई विजयी बनाउन निर्णायक बन्यो ।
बोर्नेमाउथका लागि डेबिड ब्रुक्सले ८८ औँ मिनेटमा १ गोल फर्काएका थिए ।
म्यानसिटीको यो जितसँगै ३६ खेलमा ७५ अंक भएको छ । १८ औँ स्थानमा रहेको बोर्नेमाउथको खेलमा ३१ अंक छ ।