एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लिग च्याम्पियन लिभरपुल आर्सनलसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई २–१ गोलले हराएको हो ।
खेलको २० औं मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले शुरुवाती अग्रता बनाएको थियो । ३२ औं मिनेटमा आर्सनलको लागि अलेकज्यान्ड्रे लासाजेटीले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक ढंगले अघि बढिरहेको खेलमा ४४ औं मिनेटमा आर्सनलले २–१ गोलको अग्रता बनायो । उसको लागि रेइस नेल्सनले गोल गरेका थिए । दोस्रो हाफमा थप गोल फर्काउन नसकेपछि लिभरपुलले आफ्नो हार टार्न सकेन ।
सात खेल खेल्नु् अघि नै च्याम्पियन बनेको लिभरपुल हारसँगै अंक तालिकामा नयाँ रेकर्ड कायम गर्नबाट चुकेको छ । लिगमा ३ खेल खेल्न बाँकी रहेको अवस्थामा लिभरपुल १ सय वा सोभन्दा बढी अंकको साथ च्याम्पिन बन्न सक्थ्यो ।
तर आर्सनलले उसको यो सपनामा ब्रेक लगाइदिएको छ । हारसँगै लिभरपुलको ३६ खेलबाट ९३ अंक छ भने आर्सनलले समान खेलबाट ५३ अंक बटुलेको छ ।