एजेन्सी– विश्वका अरबपति व्यापारीहरुलगायत धेरै व्यक्तिको ट्वीटर अकाउण्ट ह्याक भएको छ । अरबपति जेफ बेजोस, बिल गेट्स र एलेन मस्कको ट्वीटर अकाउण्ट ह्याक भएको हो ।
व्यापारीमात्र नभएर विश्वका चर्चित नेताहरुको अकाउण्ट पनि ह्याक गरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, नेता जो बाइडेनलयागत ठूला कम्पनीहरुमा आबद्ध व्यक्तिहरुको अकाउण्ट ह्याक भएको बीबीसीले जनाएको छ ।
ह्याक गरिएका अकाउण्टबाट विभिन्न पोष्टहरुसमेत भएका थिए। अकाउण्ट ह्याक प्रकरणले विश्वमा तरङ्ग उत्पन्न गराएको छ ।
अकाउण्ट ह्याक प्रकरणमा छानबिन भइरहेको ट्वीटरले बताएको छ । ह्याकिङको समयमा ट्वीटरसमेत डाउन भएको बताइएको छ ।