काठमाडौं – निर्माता रोज राणाले आगामी भदौ महिनादेखि आफ्नो नयाँ चलचित्र खलनायक–२ को छायांकन सुरु गर्ने भएका छन् । राणाले ‘खलनायक’ प्रर्दशन भएको १२ वर्षपछि यो चलचित्र निर्माण गर्न लागेका हुन् ।
उनले यो चलचित्र सिक्वेलको रुपमा बनाउने छन् । खलनायक व्यवसायिक रुपमा सफल चलचित्र मानिन्छ । निर्माता राणाले कोरोनाको कारण थला परेको नेपाली चलचित्र क्षेत्रलाई गतिशिल बनाउन आफुले यो चलचित्रको सुटिङ गर्न लागेको बताएका छन् । राणाको यो चलचित्रमा कलाकारदेखि निर्देशकसम्म कोहि पनि नदोहोरिने भएका छन् ।
ऋषि न्यौपानले निर्देशन गरेको खलनायकको अब बन्ने सिक्वेलमा गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन् । अहिलेसम्म खलनायक–२ का कलाकारको बारेमा भने केही जानकारी दिइएको छैन् । कलाकारको जानकारी चलचित्र छायाँकन सुरु गर्ने बेलामा दिने बताइएको छ ।