रिचमन्ड– अमेरिकामा कारोना भाइरसको महामारीका कारण कारागारमा राखिएकाको संख्या आठ प्रतिशतले कमी आएको छ ।
कैद भुक्तान गर्न छोटो समय रहेकाहरुलाई त्यो समयको छुट दिएर रिहा गरिएको छ भने कतिपयलाई स्वास्थ्य अवस्था र आचरणलाई हेरेर कैद अवधिमा छुट दिएर रिहा गरिएको अधिकारीले जनाएका छन् ।
अमेरिकामा कैद सजाय भोगिरहेका धेरै मानिस बारका कारण कैदी जीवन बिताउनुपरेको तथ्यांकले देखाएको छ । गत मार्च र जुनको बीचमा अमेरिकाको केन्द्रीय तथा प्रान्तीय कारागारबाट १ लाखभन्दा बढीले कैदी जीवनबाट छुटकारा भएका छन् । एक अध्ययनले यो संख्या बाट कुल कैदीको संख्यामा झन्डै आठ प्रतिशत कमी आएको देखाएको छ ।
एकातिर कारागारबाट फर्किनेको संख्या बढेको र अर्कातिर कारागारमा आउनेको संख्या घटेकाले पनि कुल कैदीको संख्या कमी भएको अधिकारीले जनाएका छन् ।
कोरोनाका कारण केही समय अदालत बन्द भएकाले सुनुवाई कमी भएकाले कतिपय मुद्दामा दोषी ठहरिएर कारागार चलान हुनेहरुको संख्या पनि कमी आएको विश्लेषण गरिएको छ ।
त्यसैगरी, कोरोना भाइरसको त्रासले अन्य मुद्दामामिलातर्फ मानिसको ध्यान नगएको र अदालत बन्द हुँदा दर्ता गर्न पनि गाह्रो भएकाले पनि अदालतमा मुद्दासमेत कम परेको अधिकारीले बताएका छन् । उनीहरुले अहिले रोकिएका मुद्दा संख्या कोरोनाको त्रास कम भएपछि भने फेरी बढ्न सक्ने अनुमान पनि गरेका छन् ।