काठमाडौं– नेपाल टेलिकमको सर्भर ह्याअक गरेको अभियोगमा धनकुटाका २८ वर्षीय दिवाकर देउजालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री गरेको अभियोगमा देउजालाई धनकुटाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
देउजाको साथबाट प्रहरीले २ थान ल्यापटप र २ थान मोबाइल समेत बरामद गरेको छ ।
ह्याकरले अनट्रेसएवल ईन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक पटक पहुँच बनाएको प्रमाण सहित उनलाई पक्राउ गरिएको उक्त ब्यूरोले जनाएको छ । देउजा सहरी विकास तथा भवन कार्यालय, धुटामा कम्प्यूटर अपरेटका रुपमा कार्यरत थिए ।