मुम्बई-भारतको मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् ।
यसको विस्तृत विवरण भने आएको छैन । मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किदा पाँच जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् ।
तीन दिनदेखि भारी परेको वर्षाका कारण भवन भत्किएको अुनमान गरिएको छ ।
मुम्बइको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको हो ।
त्यसैगरी मुम्बइकै मलादा क्षेत्रमा अर्को भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ ।