काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक ४ साउनमा बस्ने बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको स्थायी कमिटीको बैठक आगामी साउन ४ गते दिउँसो ३ बजे बस्ने बताएका हुन् ।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक सरेको थापाले नै जानकारी दिएका थिए । नेकपाको स्थायी कमिटी बैठक पुनः अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको थियो ।
नेकपाको विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति हुन नसकेपछि पटक पटक बैठक स्थगन हुँदै आएको छ ।