काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि (साउन ३ गते) सचिवालय बैठक बोलाएको छ । जारी स्थायी कमिटी बैठक ४ गते बोलाउने भएपछि त्यसको एक दिनअघि सचिवालयको बैठक बोलाइएको हो ।
नेकपामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग उठेपछि विवाद सुरु भएको छ । अध्यक्षद्वयले वान टु वान वार्ता गर्दै आएका छन् । तर पनि विवाद समाधान हुन सकेको छैन ।
राजीनामा विवादकै कारण नेकपाको जारी स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । आज ३ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक ४ गतेसम्मलाई स्थगित भएको छ । भोलि शनिबार सचिवालय बैठक बसेर समास्या समाधानको पहल हुने भएको हो ।