ग्याबोन– अफ्रिकन देश ग्याबोनमा पहिलोपटक महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । बिहीबार रोज क्रिस्चियन ओसुका रापोन्डालाई प्रधानमन्त्रीका रूपमा राष्ट्रपति अलिबोंगो ओन्दिम्बाले नियुक्त गरेका हुन् ।
यसअघि रक्षा मन्त्रालय सम्हालेकी ओसुका १२औं प्रधानमन्त्रीका रुपमा चयन भएकी हुन् । उनले जुलियन कोघ बेकालेलाई प्रतिस्थापन गरेकी हुन् । उनले २०१४ माग्याबोनिज डेमोक्रेटिक पार्टीका तर्फबाट पहिलो निर्वाचित मेयर बनेर त्यहाँको राजनीतिमा तरंग
ल्याएकी थिइन् ।
२०१९ को फेब्रुुअरीमा उनी रक्षामन्त्री बनेकी थिइन् । उनले पब्लिक फाइनान्स र इकोनोमिक्समा स्नातकोत्तर गरेकी छन् । अर्थतन्त्रलाई उठाउनु उनको चुनौती भएको अन्तर्राष्ट्रिय मिडियाले औंल्याएका छन् ।
ग्याबोनको अर्थतन्त्र इन्धन उत्पादनमा आधारित छ । तर, कोरोना महामारीका कारण विश्वमा तेल उत्पादन, खपत र मूल्यमा कमी आएकाले अर्थतन्त्रलाई उठाउन चुनौती रहेको अनुमान छ । ग्याबोनमा हालसम्म ६ हजारभन्दा बढी कोरोना संक्रमित छन् ।