काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
नेकपाको पार्टीभित्र देखिएको विवाद समाधानका गर्नका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनु पर्ने माग उठेपछि पार्टीमा विवाद सुरु भएको थियो ।
पार्टी भित्र ओलीलाई पार्टीको सहकार्य बिनै एकलौटी ढंगले चलेको, मनलाग्दी निर्णयहरु गरेर पार्टी बदनाम गरेको र सरकार चलाउन असफल भएको आरोप लाग्दै आएको छ ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि सहमति हुन सकेको छैन् ।
हिजो शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले आज सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।