काठमाडौँ - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताएको छ ।
मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केही दक्षिण तिर रहेकोले सो प्रकृतिको वर्षा हुने महाशाखाको भनाइ छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली प्रदेशका थोरै स्थानहरुमा,प्रदेश ५ र प्रदेश २ का स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले केही दिनयता दिनैपिच्छे वर्षा भईरहेको यो क्रम आउँदो केही दिनसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।