काठमाडौं– नेपाल राष्ट्र बैंकले हिजो (२ साउन) सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई बादलमा चाँदीको घेराका रूपमा विश्लेषण गरिएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान ट्वीटरमार्फत कर्जाको पुनर्तालिकीकरण, कृषिमा कर्जा वृद्धिलगायत सकारात्मक विषय समेटिएकाले मौद्रिक नतिलाई बादलमा चाँदीको घेराका रूपमा टिप्पणी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले जनताबाट निकै आशा गरिएका अर्थमन्त्रीले अर्थतन्त्रमा उल्लेखनीय काम गर्न नसकेको बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा केही सुधारको प्रयास गरेको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मौद्रिक नीतिमार्फत केही सुधारात्मक कुरा आउनु कालो बादलमा चाँदीको घेरा मान्नुपर्छ ।’
त्यस्तै, पूर्वप्रधानमन्त्री भट्टराईले मौद्रिक नीतिलाई भोजनको स्वाद चाखेर भनेझैं व्यवहारका रूपमा लिएका छन् ।