सिरिया– युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनका लागि मतदान गर्दै छ । सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय निर्वाचन सन् २०११ मा युद्धको सुरु भएदेखि यो देशको तेस्रो हो ।
राष्ट्रपति बसर अल असदले सिरियाली नेतृत्वमा आएको पनि दुई दशक पुगेको छ । युद्धले ग्रसित अर्थतन्त्र कमजोर हुँदै जाँदा करिब दुई हजार १०० उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्दा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमध्ये पश्चिमी मुलुकहरू अमेरिका र युरोपेली संघका सदस्य कतिपय मुलुकहरूले प्रतिबन्ध लगाएका केही ठूला व्यवसायीहरू पनि रहेका छन् । उनीहरूले २ सय ५० सिट भएको सिरियाली संसदमा राष्ट्रपतीय असदको प्रभुत्व रहेको देखिन्छ ।
सिरियामा गत अप्रिलमा नै निर्वाचन गर्ने घोषणा भएको थियो तर विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोभिड–१९ भाइरसको प्रकोपका कारण दुई पटकसम्म निर्वाचन मिति सरेको थियो ।